दोषी पक्राउको माग गर्दै जनकपुर–ढल्केबर सडक अवरुद्ध

1200x150_1200x150-01.jpg (1)

धनुषा, जेठ २९ –

धनुषाको जनकपुर–ढल्केबर सडकखण्डअन्तर्गत लक्ष्मीनियामा स्थानीयले सडक अवरुद्ध गरेका छन्। आज बिहान करिब ७ बजेदेखि साढे ८ बजेसम्म टायर बालेर सडक अवरुद्ध गरिएको हो।

गत जेठ २० गते लक्ष्मीनिया गाउँपालिका–७ की ६५ वर्षीया मरनी देवी महराको मोटरसाइकलको ठक्करबाट मृत्यु भएपछि दोषी पक्राउ र क्षतिपूर्तिको माग गर्दै स्थानीय आन्दोलित भएका हुन्।

मृतकका छोरा मुकेश महराका अनुसार आमा खेततर्फ सडक पार गर्दै गर्दा मोटरसाइकलले ठक्कर दिएर फरार भएको थियो। उपचारका क्रममा जनकपुरस्थित प्रादेशिक अस्पतालमा उनको मृत्यु भएको थियो।

घटनाको दोषी अहिलेसम्म पत्ता नलागेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन्। सिसीटिभी क्यामेरा जडान भए पनि बिग्रिएको कारण अनुसन्धान प्रभावित भएको स्थानीयको भनाइ छ।

दोषी पहिचान गरी तत्काल पक्राउ र क्षतिपूर्तिको माग गर्दै स्थानीयले सडक अवरुद्ध गरेका हुन्।

सम्बन्धित पोस्टहरुः