जीराभवानी ‘साक्षर गाउँपालिका’ घोषणा

1200x150_1200x150-01.jpg (1)

वीरगंज, २९ जेठ ।
पर्सा जिल्लाको जीराभवानी गाउँपालिकालाई ‘साक्षर गाउँपालिका’ घोषणा गरिएको छ।

शुक्रवार कार्यक्रमको आयोजना गरी गापा अध्यक्ष अनोज चौधरीले साक्षर गाउँपालिका गरेका हुन् ।

नेपाल सरकारले तय गरेको साक्षरताका सम्पूर्ण सूचकहरू पूरा गरेसँगै जीराभवानी गाउँँपालिकालाई पूर्ण साक्षर घोषणा गरिएको अध्यक्ष चौधरीले बताए ।

उनले शिक्षाको विकास विना गाउँपालिकाको समृद्धि सम्भव नरहेकाले आगामी दिनमा शैक्षिक गुणस्तर सुधारका लागि पालिकाले थप बजेट र योजनासहित काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि र स्थानीय सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

सम्बन्धित पोस्टहरुः