वीरगंज, जेठ २९ –
नेपाल विद्युत् प्राधिकरण, वीरगंज वितरण केन्द्रले ११ केभी फिडरमा लोड ब्रेक स्विच जडान कार्यका लागि केही क्षेत्रमा अस्थायी रूपमा विद्युत् आपूर्ति बन्द हुने जनाएको छ।
वितरण केन्द्रले जारी गरेको सूचनाअनुसार जेठ ३० गते बिहान ९ बजेदेखि ११ बजेसम्म वीरगंज–१, वीरगंज–२ र वीरगंज–५ फिडरअन्तर्गतका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनेछ।
यस्तै, वीरगंज–४ फिडरमा दिउँसो १२ बजेदेखि ४ बजेसम्म विद्युत् आपूर्ति बन्द रहने प्राधिकरणले जनाएको छ।
निर्धारित समयभन्दा अगाडि नै काम सम्पन्न भएमा सोहीअनुसार विद्युत् सेवा सञ्चालन गरिने वितरण केन्द्रले जनाएको छ। विद्युत् अवरोधबाट पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना समेत गरेको छ।







