वृद्धाको लुटपाटपछि हत्या गरिएको आशंका

1200x150_1200x150-01.jpg (1)

रौतहट, २९ जेठ ।
परोहा नगरपालिका–७ नरकटिया गाउँमा एकजना वृद्धा खेतमा मृत अवस्थामा फेला परेकी छन् ।
दीपनारायण पटेलकी ७० वर्षीया श्रीमती लखपतिया देवीको शव शुक्रवार बिहान गाउँनजिकै रहेको कुलो छेउको खेतमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त गौतमले जनाएका छन् ।
प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको नाकबाट रगत बगेको देखिए पनि शरीरमा अन्य कुनै चोटपटक फेला नपरेको उनले बताए । स्थानीयवासीले वृद्धाको लुटपाटपछि हत्या गरिएको हुनसक्ने आशंका व्यक्त गरेका छन् । वृद्धाले सधैं लगाउने सुनको नाकको फुली समेत नभेटिएकाले गहना लुट्ने उद्देश्यले उनको हत्या भएको हुन सक्ने अनुमान गरिएको हो । शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको र रिपोर्ट आएपछि मात्र मृत्युको वास्तविक कारणवारे यकिन गर्न सकिने बताए। उनले अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएका छन् ।

सम्बन्धित पोस्टहरुः