सेफ सन्तोष साह ठगी तथा बैंकिङ कसुरमा पक्राउ

1200x150_1200x150-01.jpg (1)

वीरगंज, जेठ ३० –

चर्चित सेफ सन्तोष साहलाई ठगी तथा बैंकिङ कसुर मुद्दामा प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनलाई जनकपुरको रामानन्द चोकबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार शुक्रबार राति सन्तोष साहसँगै उनका दाजु नाता पर्ने नारायण साहलाई पनि नियन्त्रणमा लिइएको छ। शकुन्तला अधिकारी (थापा)ले दिएको जाहेरीका आधारमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि दुवै जनालाई पक्राउ गरिएको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार उनीहरूमाथि बैंकिङ तथा ठगी कसुरमा अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार काठमाडौंको गैरीधारास्थित एक रेष्टुरेन्ट खरिद गर्ने क्रममा आर्थिक कारोबार सम्बन्धी विवाद उत्पन्न भएपछि उनीहरूमाथि उजुरी परेको हो। एक करोड ३० लाख रुपैयाँमा रेष्टुरेन्ट खरिद गरेको भए पनि बाँकी रकम भुक्तानी नगरेको आरोप उनीहरूमाथि लगाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पोस्टहरुः