वीरगंज, ३० जेठ ।
अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका–२ औराहा पचगावामा शनिवार योग शिविर सम्पन्न भएको छ ।
सखुवाप्रसौनी गाउँपालिका र भारतीय महावाणिज्य दूतावास वीरगंजले आयोजना गरेको शिविरमा उदघाटन कार्यक्रममा गापा अध्यक्ष जसवन्त यादवले योग गरे निरोग रहन सकिने बताए । उनले वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले पहिलो पटक शहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रलाई प्राथमिकतामा राखेर सखुवा प्रसौनीमा योग शिविर आयोजना गरेकोमा आभार प्रकट गरे ।
कार्यक्रममा मधेस प्रदेश सरकारका वनमन्त्री शंकर चौधरी, भारतीय महावाणिज्यदूत देवी सहाय मीणा, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव, सखुवा प्रसौनी गाँउपालिकाकी उपाध्यक्ष शर्मिला विष्ट, गाँउपालिकाका विभिन्न वडाका वडाध्यक्षहरू, स्थानीय समाजसेवी, राजननीतिक दलका प्रतिनिधि लगायतकाको सहभागीता रहेको थियो ।






