पर्सामा १२ जना जुवाडे पक्राउ, नगद र तास बरामद

1200x150_1200x150-01.jpg (1)

वीरगंज, जेठ ३१

पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ श्रीपुर बजारबाट प्रहरीले १२ जना जुवाडेलाई नगद रकमसहित पक्राउ गरेको छ । एक घरमा तास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरीले जुवाको खालबाट ४१ हजार ३३५ रुपैयाँ नगद र पाँच बुक तास बरामद गरेको जनाएको छ । पक्राउ परेकाहरूको नाम र ठेगाना भने सार्वजनिक गरिएको छैन ।

पक्राउ गरिएका सबैलाई प्रहरी हिरासतमा राखेर कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।

सम्बन्धित पोस्टहरुः