सशस्त्र प्रहरी पर्साद्वारा धमाधम तस्करीको सामान नियन्त्रणमा लिंदै

1200x150_1200x150-01.jpg (1)

वीरगंज, २ असार ।
सशस्त्र प्रहरी बल नेपाल पर्साद्वारा ११ लाखभन्दा बढी बराबरको सामान सहित सवारी साधन नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेड क्वार्टर पर्साबाट खटिएको टोलीले पर्सा जिल्ला वीरगंज म.न.पा.–१६ ईनर्वा सीमा इलाकामा भारतबाट अबैध रूपमा भन्सार छली ई–रिक्सामा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको ४० हजार ८००।– मूल्य बराबरको अगरबत्ती बनाउने कच्चा पदार्थ, २७,५००।–बराबरको केरा, मुल्य रू.४५,०००।– बराबरको माछा र ४ लाख मूल्य बराबरको ई–रिक्सा छाडि व्यक्ति फरार भएका थिए ।
यसैगरी सोही दिन सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हे.क्वा. पर्साबाट खटिएको अर्काे टोलीले पर्सा जिल्ला वीरगंज म.न.पा.–१४ गण्डक चोकबाट १ लाख ३०,३४०।–बराबरको चिसो पेय पदार्थ र मोटरसाइकल नियन्त्रणमा लिई वीरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको छ ।
असार २ गते सीमा सुरक्षा गुल्म हेड क्वार्टर वीरगंज, स.प्र.बल नेपाल प्रस्तावित औद्योगिक सुरक्षा वेश जितपुर र वीरगंज भन्सार कार्यालयका कम्प्युटर अप्रेटर टंकराज ढकाल सहितको संयुक्त टोलीले बारा जिल्ला, जितपुर सिमरा उ.म.न.पा.–१० नितनपुर चोकमा रहेको सुरेन्द्र साहको एक तले घरको सटर भाडामा लिई गोदाम संचालन गर्ने निखिल गुप्ताको गोदामबाट अबैध रूपमा भन्सार छली लुकाई छिपाई भण्डारण गरी राखिएको ३ लाख २५ हजार बराबरको सरबत्ति खजुर ४३ काटुन (२६२ के.जि.), अफजल मिन्ट टोबाको आठ काटुन (९६ के.जि.) र गाडिको बर्नेट १ सेट बरामद गरी वीरगंज भन्सार कार्यालयमा बुझाएको छ ।
गोदामको खानतलासी गर्दा गोदाम पछाडिको कोठामा अन्दाजी तीन हजार मूल्य बरावरको घरेलु मदिरा १०० लिटर बरामद गरी आवश्यक कारबाईको लागि इलाका प्रहरी कार्यालय जितपुरको जिम्मा लगाईएको छ।
त्यसैगरि नं. १३ गण पर्सा मातहत कार्यालयबाट जिल्ला पर्सा छिपरमाई गाउँपालिका–५ भिष्वा बजारस्थित सीमा इलाकामा सीमा सुरक्षा गुल्म लहावरथकरीबाट खटिएको टोलीले १३ हजार २५०।– बराबरको किराना तथा ईलेक्ट्रिक सामान र मूल्य रू. १ लाख २५,००० बराबरको मोटरसाइकल बरामद गरेको जनाएको छ ।
यस्तै बिओपी भिष्वाबाट खटिएको टोलीले छिपहरमाई गाउँपालिका ५ भिस्वास्थित नेपाल भारत सीमा इलाकाबाट ३४ हजार २६०।– बराबरको औषधी र ईलेक्ट्रोनिक्स सामान गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हेड क्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्र.ना.उ. मोहनराज निरौलाले जानकारी गराएका छन् ।

सम्बन्धित पोस्टहरुः