चक्कु देखाउँदै युवतीमाथि कुटपिट गरेको भिडियोपछि युवक पक्राउ

1200x150_1200x150-01.jpg (1)

दाङ, असार ३

सामाजिक सञ्जालमा एक युवतीमाथि चक्कु देखाउँदै कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि दाङ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–२ भमके निवासी अन्दाजी २४ वर्षीय रमेश ठाडा मगर रहेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार उनलाई मंगलबार राति आफ्नै घरबाट पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार उक्त घटना चैत महिनामा घर नजिकैको बासघारीमा भएको थियो । सार्वजनिक भिडियोमा उनले युवतीमाथि गालीगलौज गर्दै चक्कु देखाएको र युवतीले “अब गर्दिनँ” भन्दै अनुरोध गरिरहेको दृश्य देखिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित पोस्टहरुः