५०० रुपैयाँको नयाँ नोट चलनचल्तीमा

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार ३ –

नेपाल राष्ट्र बैंकले ५०० रुपैयाँ दरको नयाँ बैंक नोट आजदेखि चलनचल्तीमा ल्याएको छ। मुद्रा व्यवस्थापन विभागका अनुसार नयाँ नोटको आकार, रङ र डिजाइन भने साविककै राखिएको छ।

नोटको अग्रभागमा सगरमाथा हिमालको चित्र, लालीगुराँसको पानीछाप तथा दृष्टिविहीन व्यक्तिले स्पर्शबाट दर पहिचान गर्न सक्ने दुईवटा काला थोप्ला राखिएको छ। सगरमाथाको दायाँपट्टि रहेको अण्डाकार आकृतिभित्रको कुबेरको चित्र सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने व्यवस्था गरिएको छ।

त्यसैगरी सुरक्षण धागो सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिन्छ भने नोटको पछाडिको भागमा पाटेबाघको चित्र राखिएको छ।

नयाँ नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको दस्तखत रहेको छ।

सम्बन्धित पोस्टहरुः