वीरगंज, ३ असार ।
श्री गहवामाई मन्दिरमा आगामी असार ३२ गते भव्य रथयात्रा आयोजना गरिने भएको छ ।
श्रीगहवा माई तीर्थ क्षेत्र विकास समितिको आयोजनामा हुन लागेको रथ यात्राको तयारी गरिएको समितिले जनाएको छ।
समितिका उपाध्यक्ष देवानन्द कलवारका अनुसार यस वर्षको रथ यात्रालाई विगतका वर्षहरूको तुलनामा अझ भव्य, व्यवस्थित र आकर्षक बनाउने लक्ष्यका साथ विभिन्न कार्यक्रमहरू समावेश गरिएको छ। रथ यात्रासँगै श्रद्धालु भक्तजनहरूका लागि परम्पराअनुसार छपन्न भोग अर्पण तथा महाप्रसाद भण्डाराको समेत व्यवस्था गरिनेछ।






