मासु–माछा बजार व्यवस्थितको लागी अदालतको फैसला कार्यान्वयन गर्न माग

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार ४ –

उपभोक्ता हित संरक्षण मञ्च नेपालले वीरगंज महानगरपालिकासँग मासु तथा माछा बजारलाई व्यवस्थित गर्न चार वर्षअघि उच्च अदालतले दिएको फैसला तत्काल कार्यान्वयन गर्न माग गरेको छ।

मञ्चको वीरगंज महानगर समितिका अजय अधिकारीले बुधबार सामाजिक सञ्जालमार्फत उच्च अदालत जनकपुर अस्थायी इजलासले दिएको आदेशको प्रतिलिपि सार्वजनिक गर्दै उक्त फैसलाको कार्यान्वयनमा महानगरले चासो नदेखाएको आरोप लगाएका छन्।

उनका अनुसार सार्वजनिक स्वास्थ्य र उपभोक्ता हितसँग सम्बन्धित विषयमा तत्कालीन समयमा मञ्चका अध्यक्ष अजित भुजेलले उच्च अदालतमा दायर गरेको रिटमाथि सुनुवाइ गर्दै तत्कालीन न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले आवश्यक व्यवस्थापन र सुधारका लागि आदेश दिएको थियो।

तर अदालतको आदेश कार्यान्वयनका लागि पटक–पटक आग्रह गर्दा पनि सम्बन्धित निकायले बेवास्ता गरेको मञ्चको भनाइ छ। मञ्चले यो विषय जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको भएकाले नागरिक समाज र सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले फैसला सार्वजनिक गरिएको जनाएको छ।

मञ्चले वीरगंज महानगरपालिकालाई मासु–माछा बजारको व्यवस्थापन, नियमित सरसफाइ, खाद्य गुणस्तर नियन्त्रण तथा प्रभावकारी अनुगमन प्रणाली लागू गरी उपभोक्ताको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न तत्काल कदम चाल्न आग्रह गरेको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः