जितपुरसिमरा उद्योग वाणिज्य संघ निर्वाचनमा गजेन्द्र गुप्ताको प्यानल घोषणा

1200x150_1200x150-01.jpg (1)

बारा, असार ५ –

जितपुरसिमरा नगर उद्योग वाणिज्य संघको असार ७ गते हुने निर्वाचनका लागि गजेन्द्र गुप्ताको नेतृत्वमा चुनावी प्यानल घोषणा गरिएको छ। प्यानल घोषणा भएसँगै उद्योगी तथा व्यवसायीबीच चुनावी गतिविधि तीव्र बनेको छ।

घोषित प्यानलअनुसार वरिष्ठ उपाध्यक्षमा शिवजी साह सोनार, महासचिवमा प्रकाश गिरी, वाणिज्य उपाध्यक्षमा रामबाबु कलवार, कोषाध्यक्षमा रिना रौनियार पुरी तथा वाणिज्य सचिवमा रिता कडेल उम्मेदवार बनेका छन्। सदस्य पदमा मुकुन्द रिजाल, अमरेन्द्र साह कलवार, विभा गुप्ता र नवरत्न प्रसाद कलवार रहेका छन्।

गुप्ताले उद्योगी तथा व्यवसायीको हकहित संरक्षण, कर प्रणालीमा सहजीकरण, स्थानीय बजार व्यवस्थापनलाई व्यवस्थित बनाउने तथा व्यवसायीका समस्यामा साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

चुनावी अभियानका क्रममा गुप्ताले व्यावसायिक एकता र समृद्धिका लागि आफ्नो प्यानल प्रतिबद्ध रहेको बताउँदै सम्पूर्ण उद्योगी तथा व्यवसायीलाई सिंगो प्यानललाई मतदान गरी विजयी गराउन आग्रह गरेका छन्।

सम्बन्धित पोस्टहरुः