नेयमारले विश्वकपको दोस्रो खेल पनि गुमाउने

1200x150_1200x150-01.jpg (1)

काठमाडौं, असार ५ –

ब्राजिलका स्टार फरवार्ड नेयमारले फिफा विश्वकपको समूह चरणको दोस्रो खेल पनि गुमाउने भएका छन्।

पिँडुलाको चोट पूर्ण रूपमा निको नभएकाले उनले हैटीविरुद्धको खेलमा सहभागिता जनाउन नसक्ने ब्राजिलियन फुटबल महासङ्घ (सीबीएफ) ले जनाएको छ।

सीबीएफका अनुसार नेयमार सामान्य अभ्यासमा फर्किए पनि पूर्ण प्रशिक्षण गर्न सकेका छैनन्। ३४ वर्षीय नेयमार सान्तोस एफसीबाट खेल्ने क्रममा गत मे ७ मा घाइते भएका थिए।

ब्राजिल समूह ‘सी’ अन्तर्गत भोलि बिहान सवा ६ बजे अमेरिकाको फिलाडेल्फियामा हैटीसँग खेल्दैछ। टोलीले पहिलो खेलमा मोरक्कोसँग १–१ को बराबरी खेलेको थियो।

सम्बन्धित पोस्टहरुः