मधेशमा पाँच वर्षमा २१ हजार सडक दुर्घटना, २ हजार ७४८ जनाको मृत्यु

1200x150_1200x150-01.jpg (1)

जनकपुरधाम, असार ६ —

मधेश प्रदेशमा पछिल्लो पाँच वर्षमा २१ हजार ९८९ वटा सडक दुर्घटना हुँदा २ हजार ७४८ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ। मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्ममा ४२ हजार ६३७ सवारीसाधन दुर्घटनामा परेका छन्। यस अवधिमा १० हजार ८६६ जना गम्भीर र ३६ हजार ४४२ जना सामान्य घाइते भएका छन्।

जिल्लागत विवरणअनुसार सबैभन्दा बढी दुर्घटना धनुषामा भएका छन्। धनुषामा पाँच वर्षमा ४ हजार ८६८ दुर्घटना हुँदा ४२८ जनाको मृत्यु भएको छ। दुर्घटनाको संख्याका आधारमा बारा दोस्रो स्थानमा रहेको छ, जहाँ ४ हजार ४६८ दुर्घटनामा ४१६ जनाको ज्यान गएको छ। सर्लाहीमा ४ हजार ७२, सप्तरीमा ३ हजार ७२०, सिरहामा ३ हजार ५२६, रौतहटमा ३ हजार ४०३ र महोत्तरीमा ३ हजार ९१ दुर्घटना भएका छन्।

पर्सामा भने सबैभन्दा कम २ हजार ३५ दुर्घटना भएका छन्, जसमा २०८ जनाको मृत्यु भएको छ।

राष्ट्रिय सडक सुरक्षा परिषद्, भौतिक पूर्वाधार विकास मन्त्रालय, मधेश प्रदेश र एशियाली विकास बैंक (एडीबी) को संयुक्त आयोजनामा भएको सडक सुरक्षा सम्बन्धी कार्यशाला गोष्ठीमा उक्त तथ्यांक सार्वजनिक गरिएको हो।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी ओम अधिकारीले ठूलो जनसंख्या, सवारीसाधनको चाप र सडक सञ्जालका कारण दुर्घटना नियन्त्रण चुनौतीपूर्ण रहेको बताए। उनले सबै निकायको समन्वय र सचेतनामूलक कार्यक्रममार्फत दुर्घटना न्यूनीकरण गर्न सकिने उल्लेख गर्दै ट्राफिक व्यवस्थापनका लागि पर्याप्त बजेट र नीति निर्माणमा ट्राफिक प्रहरीको सहभागिता आवश्यक रहेको बताए।

भर्खरै

सम्बन्धित पोस्टहरुः