सिम्रौनगढमा विद्युत् सर्ट भई आगलागी

1200x150_1200x150-01.jpg (1)

सिम्रौनगढ (बारा), ६ असार ।
बाराको सिम्रौनगढ नगरपालिका वडा नं. १ ढाँट गाउँमा आइतबार दिउँसो आगलागी हुँदा एक जना स्थानीयको भान्सा कोठा पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

प्रहरीका अनुसार स्थानीय राजेन्द्र मुखियाका २७ वर्षीय छोरा जलेन्द्र मुखियाको खरले छाएको फुसको भान्सा कोठामा दिउँसो अन्दाजी १३:०० बजे अचानक बिजुलीको तार सर्ट भई आगलागी भएको थियो ।

आगलागीबाट भान्सा कोठाभित्र रहेका कपडाहरू, दाउरा, भाँडाकुँडा र घर पूर्ण रूपमा बल्दा अन्दाजी ३५ हजार रुपैयाँ बराबरको क्षति भएको छ । सुखद पक्ष, आगलागीबाट कुनै मानवीय तथा चौपाया क्षति भने भएको छैन ।

घटनाको जानकारी पाउनासाथ अस्थायी प्रहरी पोष्ट पथलवाघाट, बाराबाट प्रहरी सहायक निरीक्षक (प्रसनि) को कमाण्डमा प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको थियो । प्रहरी, स्थानीय बासिन्दा र दमकलको संयुक्त प्रयासमा दिउँसो १३:३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

भर्खरै

सम्बन्धित पोस्टहरुः