सिम्रौनगढको ६१ करोड ६३ लाख बजेट

1200x150_1200x150-01.jpg (1)

वीरगंज, ६ असार ।
बाराको सिम्रौनगढ नगरपालिकाले शनिवार आर्थिक वर्ष २०८३/०८४ का लागि नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।
नगरपालिकाका नगर प्रमुख किशोरी प्रसाद कलवारले नगरपालिकाको ११ औं नगर सभाबाट आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि ६१ करोड ६३ लाख ८० हजार रुपियाँँको निति कार्यक्रम तथा बजेट सार्वजनिक गरेका हुन् ।
संघीय सरकारबाट समानिकरण अनुदान १३ करोड ४६ लाख,सशर्त अनुदान २४ करोड ७७ लाख,सशर्त अनुदान पुजिगत २ करोड ११ लाख,समपुरक अनुदान ५३ लाख रुपियाँँ प्राप्त गर्ने उल्लेख गरिएको छ ।
प्रदेश सरकारबाट समानिकरण अनुदान ९३ लाख ९० हजार र समपुरक अनुदान २० लाख,विशेष अनुदान ३० लाख,सशर्त अनुदान ४० लाख,राजस्व बाँडफाड ८८ लाख ५७ हजार रुपियाँँ बराबरको अनुदान प्राप्त हुने अनुमान गरिएको छ ।
त्यस्तै घर जग्गा रजिस्ट्रेसन दस्तुर मालपोत कार्यालयबाट ६५ लाख,बाडफाडबाट प्राप्त हुने मुल्य अभिवृदी कर( संघीय) ८ करोड २५ लाख ५३ हजार,बाडफाडबाट प्राप्त हुने अन्तशुल्क ( संघीय) ३ करोड ५३ लाख ८० हजार प्राप्त हुने अनुमान गरिएको छ । बैंकमा मौज्दात १ करोड,सडक बोर्डमा ५० लाख रुपियाँँ र आन्तरिक स्रोतबाट ४ करोड १० लाख प्राप्त गर्ने अनुमान गरिएको छ । नगर प्रमुख किशोरी प्रसाद कलवारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उप– प्रमुख नजमु शेहर, वडा अध्यक्ष, नगर कार्यपालिका सदस्य, कर्मचारी लगायतको उपस्तिथि थियो ।

सम्बन्धित पोस्टहरुः