वीरगंज, ६ असार ।
बाराको विश्रामपुर गाउँँपालिकाको १९औं गाउँँ सभा शनिवार सम्पन्न भएको छ ।
गाउँँपालिकाका अध्यक्ष जुल्फकार अलि भुटोको अध्यक्षतामा आयोजित उक्त गरिमामय सभामा आगामी आर्थिक वर्षका लागि कुल ३५ करोड ५१ लाख ३० हजार रुपियाँँको अनुमानित बजेट प्रस्तुत गरिएको छ ।
गाउँँपालिकाको सर्वाङ्गीण विकास, आर्थिक समृद्धि र जनमुखी योजनाहरूलाई प्राथमिकतामा राख्दै सो बजेट सार्वजनिक गरिएको हो । उक्त गाउँँ सभामा गाउँँपालिकाकी उपाध्यक्ष श्रीमति प्रियंका देवी, प्रमुख प्रशासकीय अधिकृत सुनील प्रसाद केशरी लगायत वडा अध्यक्षहरूको उपस्थिति रहेको थियो ।
त्यसैगरी, सभामा सम्पूर्ण सभा सदस्य जनप्रतिनिधिहरू, कर्मचारीको सहभागीता थियो ।







