जितपुरसिमरामा बस दुर्घटना, ८ जना घाइते

1200x150_1200x150-01.jpg (1)

बारा, असार ८ –

बाराको जितपुरसिमरा उपमहानगरपालिका–१० नितनपुर चोकमा यात्रुबाहक बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।

आइतबार बिहान वीरगञ्जबाट राजविराजतर्फ जाँदै गरेको ना ७ ख २३५ नम्बरको बस ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएकामध्ये ७ जनाको वीरगञ्जस्थित नेशनल मेडिकल कलेज र एक जनाको तराई हस्पिटलमा उपचार भइरहेको छ। नेशनल मेडिकल कलेजमा उपचाररत सबै घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ भने तराई हस्पिटलमा उपचाररत एक जनाको अवस्था गम्भीर रहेको छ।

दुर्घटनापछि बसका चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पोस्टहरुः