काठमाडाै,०७ असार । रास्वपाको पहिलो महाधिवेशन आज भरतपुरमा सुरु भएको छ। उद्घाटन सत्रमा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता तथा प्रतिनिधिहरूको उपस्थिति रहेको छ। अन्य दलका प्रतिनिधिहरूले पनि कार्यक्रममा सहभागिता जनाएका छन्।
तर रास्वपाका नेता तथा सांसद डा. अमरेशकुमार सिंह भने महाधिवेशनमा उपस्थित भएनन्। उद्घाटन सत्रमै उनको अनुपस्थिति देखिएको हो।
पछिल्लो समय सिंहले पार्टीभित्र असन्तुष्टि व्यक्त गर्दै आएका छन्। हालै हिमालय टेलिभिजनलाई दिएको अन्तर्वार्तामा उनले सरकारको खुलेर आलोचना समेत गरेका थिए।







