एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित

1200x150_1200x150-01.jpg (1)

वीरगंज, ७ असार।
प्याब्सन पर्साले माध्यमिक शिक्षा परीक्षा २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई सम्मान गरेको छ।
आइतवार होटल वृन्दावनमा आयोजित विशेष कार्यक्रममा पर्सा जिल्लामा प्याब्सनमा आबद्ध ४० वटा विद्यालयका उत्कृष्ट छात्र तथा छात्राहरूलाई प्रमाणपत्रसहित सम्मान गरिएको हो।
प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वीरगंज महा नगरपालिकाका शिक्षा महाशाखा प्रमुख आनन्द लामिछाने, प्रकाश उपाध्याय, महिला वरिष्ठ उपाध्यक्ष सुशिला साह, मार्टिन मोक्तान लगायत शिक्षा क्षेत्रसँग सम्बन्धीत व्यक्तित्व, विद्यालयका सञ्चालक, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्याब्सन पर्साले हरेक वर्ष उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गर्दै आएको जनाएको छ।

सम्बन्धित पोस्टहरुः