चितवन, असार ९ —
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी पहिलो महाधिवेशनको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेको छैन।
बिहान साढे ८ बजे सुरु हुने भनिएको बन्दसत्र प्रतिनिधि नामावली संशोधन र प्राविधिक कारणले ढिलाइ भएको पार्टीले जनाएको छ।
प्रवक्ता मनिष झाले मधेश प्रदेशका केही प्रतिनिधि छुटेकाले उनीहरूलाई समावेश गर्ने प्रक्रिया चलिरहेको जानकारी दिए। उनका अनुसार प्रतिनिधि संख्या बढेर करिब ४ हजार ३०० पुगेको छ।
आवश्यक परे महाधिवेशन एक दिन लम्बिन सक्ने सम्भावना रहेको पार्टीले जनाएको छ।






