रौतहट, ८ असार : मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सरकारले किसानको पक्षमा काम गरिरहेको बताउनुभएको छ ।
आज रौतहटको गढीमाई नगरपालिकाको १३आँै नगरसभाको यहाँ उद्घाटन गर्नुहँुदै मुख्यमन्त्री यादवले मधेस प्रदेशमा किसानको बाहुल्यता रहेको जानकारी दिनुभयो । उहाँले उत्पादनका लागि किसान खुसी नबनाएसम्म कृषि अर्थतन्त्रको विकास असम्भव भएको जानकारी दिनुहुँदै कृषिमा आबद्ध किसानलाई कृषि अनुदान उपलव्ध गराउने सन्दर्भमा सरकार अग्रसर भएर अगाडि बढ्ने बताउनुभयो ।
नगरसभामा गढीमाई नगरपालिकाका नगरप्रमुख श्यामप्रसाद यादवले आर्थिक वर्ष २०८३÷८४ को लागि रु ५९ करोड २२ लाख ५५ हजारको बजेट प्रस्ताव गर्नुभएको छ ।रासस






