वीरगंज, ८ असार ।
सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हेडक्वार्टर पर्साले १५ लाख ८९,३००।– बराबरको अवैध सामानहरू भन्सार दाखिला तथा कुखुरा र हाँसको चल्लाहरू नष्ट गरेको जनाएको छ ।
असार ८ गते जिल्ला पर्सा वीरगंज म.न.पा.१६ ईनर्वा स्थित सीमा इलाकामा सीमा सुरक्षा गुल्म हेड क्वार्टर वीरगंजबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा भंसार छली नेपाल ल्याउँदै गरेको कपडा, ल्यापटप, फलफुल र ईरिक्सा सहित गरि १२ लाख २१,६१०।– बराबरको सामान र सवारी साधन बरामद गरि वीरगंज भंसार कार्यालयमा बुझाईएको छ ।
यसैगरी सोहि मितिमा जगरनाथपुर गा.पा. –२ स्थित मुरैया चोक र दशौतामा सीमा सुरक्षा गुल्म हे.क्वा.भिखमपुरबाट खटीएको टोलीले भारतबाट अबैध रूपमा भंसार छली नेपाल ल्याउँदै गरेको ३७ हजार ७९० मूल्य बराबरको १२ भोल्टको ब्याट्री, भाँडावर्तन, कस्मेटिक सामान, एउटा बाख्रा र २ गोटा खसी नियन्त्रणमा लिई वीरगंज भंसार कार्यालयमा बुझाईएको छ।
बिन्दवासिनी गा.पा ५ स्थित मधवल सिमा इलाकामा बि.ओ.पी. प्रसौनिभाठाबाट खटीएको टोलीले भन्सार छली मोटरसाइकलमा लोड गरी नेपाल ल्याउदै गरेको १ लाख ४९,९००।– बराबरको एउटा मोटर साईकल सहित किराना सामान र कपडा बरामद गरी वीरगंज भंसार कार्यालयमा बुझाएको सूचना अधिकारी सशस्त्र प्र.ना.उ. मोहनराज निरौला ले जनाएका छन् ।
यसैगरी आज जगरनाथपुर गा.पा.–३ जमुनिया स्थित सीमा इलाकामा सशस्त्र प्रहरी वल, नेपाल बिओपी पीडारीगुठी पर्साबाट खटिगएको टोलीलाई देख्नासाथ दुईजना व्यक्तिले साईकलमा लोड गरि नेपाल ल्याउदै गरेको १ लाख ८०,०००।– बराबरको ६०० वटा हाँस र कुखुराको चल्ला छाडेर फरार भएको सूचना अधिकारी निरौलाले जनाएका छन् ।
उक्त चल्लाहरू पशु चिकित्सक, स्थानीय, नेपाल प्रहरीको रोहवरमा बि.ओ.पी.को पेरिमिटर नजिकै रहेको खाली जमिनमा खाडल खनी पुरेर नष्ट गरिएको सूचना अधिकारी सशस्त्र प्र.ना.उ. मोहनराज निरौला ले जनाएका छन् ।






