वीरगञ्ज, असार ९ —
चितवनमा रास्वपाको महाधिवेशनका क्रममा प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेबीच भएको अनौपचारिक भेटमा सांगीतिक माहोल बनेपछि रवि लामिछानेका स्वकीय सचिव अविनाश आचार्य यतिबेला चर्चामा आएका छन्।
आइतबार राति लटौली स्याङ्चुअरी रिसोर्टमा भएको भेटका क्रममा अविनाशले लोकगायक झलकमान गन्धर्वको चर्चित गीत ‘हे बरै’ गाएका थिए। उनको गायनबाट प्रभावित भएका प्रधानमन्त्री शाहले मध्यराति नै उक्त भिडियो फेसबुकमा सार्वजनिक गरेका थिए।
४ मिनेट २५ सेकेन्ड लामो भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक चर्चा भएको छ। भिडियो ३२ लाखभन्दा बढी पटक हेरिएको छ भने प्रयोगकर्ताहरूले अविनाशको स्वरमा झलकमान गन्धर्वको झल्को पाएको प्रतिक्रिया दिएका छन्।
भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोस्
https://www.facebook.com/share/v/18uH1Ktg4R/







