अत्यधिक गर्मीले वीरगंजको जनजीवन प्रभावित

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार १० —

पछिल्ला केही दिनयता बढेको अत्यधिक गर्मीका कारण वीरगंजको जनजीवन प्रभावित बनेको छ। उच्च तापक्रमका कारण विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा विभिन्न रोगका बिरामीहरू बढी प्रभावित भएका छन्।

गर्मी बढेसँगै दिउँसोको समयमा सडकमा आवागमन पातलिएको देखिन्छ। अत्यावश्यक कामबाहेक सर्वसाधारण घरबाहिर निस्कन कम गरेका छन्। दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने श्रमिकहरू भने गर्मीकै बीच काम गर्न बाध्य हुँदा थप समस्यामा परेका छन्।

स्वास्थ्यकर्मीहरूले अत्यधिक गर्मीबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्। चिकित्सकहरूले दिउँसो घरबाहिर निस्कँदा छाता प्रयोग गर्न, प्रशस्त पानी पिउन तथा सकेसम्म घाममा लामो समय नबस्न सुझाव दिएका छन्।

यता, विद्युतको अनियमित कटौतीले सर्वसाधारणको समस्या झन् बढाएको छ। गर्मीका बेला पटक–पटक हुने विद्युत अवरोधका कारण घर तथा व्यवसायिक क्षेत्रमा समेत असहज अवस्था सिर्जना भएको स्थानीयवासीको गुनासो छ।

स्थानीयवासीले गर्मीबाट हुने स्वास्थ्य समस्याप्रति सचेत रहन र सम्बन्धित निकायले विद्युत आपूर्तिलाई नियमित बनाउन आवश्यक पहल गर्नुपर्ने बताएका छन्।

भर्खरै

सम्बन्धित पोस्टहरुः