गर्मी बढेपछि वीरगंजका विद्यालय दुई दिन बन्द

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार १० —

बढ्दो गर्मीलाई मध्यनजर गर्दै वीरगंज महानगरपालिकाले महानगर क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा घोषणा गरेको छ।

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले बुधबार सूचना जारी गर्दै असार ११ गतेदेखि १४ गतेसम्म विद्यालय बन्द रहने जनाएको हो। उक्त बिदा वार्षिक बिदाबाट कट्टा गरिने जनाइएको छ।

महाशाखाका अनुसार पछिल्ला दिनमा बढ्दो गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने अवस्था देखिएकाले केही दिनका लागि पठनपाठन स्थगित गर्ने निर्णय गरिएको हो।

महानगरपालिकाले असार १५ गते सोमबारदेखि विद्यालयहरू नियमित रूपमा सञ्चालन हुने जनाएको छ।

तराई–मधेसका जिल्लामा पछिल्ला केही दिनयता तापक्रम निरन्तर बढ्दै गएपछि जनजीवन प्रभावित बनेको छ। विद्यार्थीहरूको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राख्दै महानगरपालिकाले गर्मी बिदा दिने निर्णय गरेको जनाएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः