कलैयाले दुई अर्ब बराबरको बजेट ल्यायो

1200x150_1200x150-01.jpg (1)

वीरगंज, १० असार।
आव २०८३/८४ का लागि बारा जिल्लाको कलैया उप महानगरपालिकाले करिब दुई अर्ब बराबरको अनुमानित बजेट ल्याएको छ।
बुधवार करणराज होटलमा आयोजित उपमहानगरपालिकाको १७औं नगरसभाको अधिवेशनमा प्रमुख प्रशासकीय अधिकृत आगामी आर्थिक वर्षका लागि १ अर्ब ९६ करोड ७३ लाख रुपियाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरेका हुन्।
कलैया उपमहानगरपालिकाका मेयर विनोद साहले कृषि र पूर्वाधार विकासलाई नगरको समृद्धिको आधार बनाउने लक्ष्यका साथ नीति तथा कार्यक्रम तयार गरिएको बताएका छन्। उनले सीमित स्रोत–साधनको अधिकतम उपयोग गर्दै जनतामुखी, पारदर्शी र उत्तरदायी स्थानीय शासनमार्फत नगरवासीलाई गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।
उपमेयर उपप्रमुख रौशन प्रविणले नीति तथा कार्यक्रमले नगरको समग्र विकास, आर्थिक गतिविधि विस्तार तथा आधारभूत सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरिन्।
मेयर साहको अध्यक्षतामा भएको नगरसभामा उपमहानगरका २७ वटै वडाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, नगरसभा सदस्यहरू, कर्मचारी लगायतकाको पनि सहभागीता रहेको थियो।

भर्खरै

सम्बन्धित पोस्टहरुः