३९ सदस्यले बहिष्कार गरे पनि पोखरिया नगरपालिकाको नगरसभा सम्पन्न

1200x150_1200x150-01.jpg (1)

पोखरिया , असार – ११

पर्साको पोखरिया नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ४८ करोड ५१ लाख ८० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगर प्रमुख प्रद्युम्न चौहानको अध्यक्षतामा सम्पन्न एघारौं नगरसभामा प्रमुख प्रशासकीय अधिकृत शेखर पौडेलले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका हुन्।

नगर प्रमुख चौहानले कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट तयार गरिएको बताए। उनले नगर विस्तार, जग्गाधनी प्रमाण–पुर्जा वितरण तथा सडक सञ्जाल विस्तारलगायतका विकासका काम सम्पन्न भएको दाबी गरे।

उनले अघिल्लो कार्यकालबाट करिब ८ करोड रुपैयाँ दायित्व बाँकी रहेकाले नगरपालिका आर्थिक दबाबमा परेको उल्लेख गर्दै आन्तरिक स्रोत परिचालनमार्फत घाटा व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।

यता, नगरसभामा उपप्रमुख रुबीदेवी ठाकुरसहित ८ जना वडाध्यक्ष र ३९ जना नगरसभा सदस्य अनुपस्थित रहेका छन्। असन्तुष्ट पक्षले नीति, कार्यक्रम तथा बजेट निर्माण प्रक्रियामा आफ्नो सहभागिता र सुझावलाई बेवास्ता गरिएको आरोप लगाउँदै नगरसभा बहिष्कार गरेको जनाएको छ।

उपप्रमुख ठाकुरसहित बहिष्कार गर्ने जनप्रतिनिधिहरूले यस विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरिरहेका छन्।

भर्खरै

सम्बन्धित पोस्टहरुः