साढे तीन क्विन्टल गाँजासहित चालक पक्राउ

1200x150_1200x150-01.jpg (1)

वीरगंज, ११ असार।
भारत, बिहारको सीमावर्ती शहर रक्सौलमा प्रहरीले साढे तीन क्विन्टल गाँजासहित एक जना ट्रक चालकलाई नियन्त्रणमा लिएको जनाएको छ।
रक्सौलको हरैया थाना प्रहरीले नेपालबाट बिहारको छपरातर्फ लैजाँदै गरेको अवस्थामा झन्डै भारु एक करोड मूल्य बराबरको अवैध गाँजासहित ट्रक चालकलाई नियन्त्रणमा लिएको हरैया थानाका प्रभारी कृष्ण पासवानले जनाएका छन्।
सूचनाका आधारमा गरिएको चेकिड्ढा क्रममा पटना नम्बरको एउटा ट्रकको गोप्य तहखाना (फल्स बटम) भित्र लुकाएर राखिएको ३.५ क्विन्टल गाँजा फेला परेको हो। प्रहरीले ट्रकसहित मुजफ्फरपुर निवासी चालकलाई हिरासतमा लिएको छ। बरामद गरिएको उक्त गाँजाको अनुमानित बजार मूल्य करिब एक करोड रुपियाँँ रहेको छ। पक्राउ परेका चालकमाथि लागूऔषध ओसारपसार ऐन अन्तर्गत कानुनी कारबाही अगाडि बढाइएको हरैया थानाले जनाएको छ।
नेपालका विभिन्न क्षेत्रमा सस्तो मूल्यमा खरिद गरिएका गाँजा सीमा पार गराई भारतका ठुला शहरहरूमा पु–याएर लाखौंदेखि करोडौँ मूल्यमा बिक्री गर्ने गरिएको छ। विगत केही वर्षदेखि भारत–नेपाल सीमा क्षेत्रमा अन्तर्राष्ट्रिय लागूऔषध तस्कर सिन्डिकेटहरूले अवैध गाँजा, चरेस र अफिम ओसारपसार तीव्र बनाएको भारतीय प्रहरीको भनाइ छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः