नउवासंघ जितपुर–सिमराका पदाधिकारीद्वारा शपथग्रहण

1200x150_1200x150-01.jpg (1)

वीरगंज, ११ असार।
बारा जिल्लाको जितपुर–सिमरा नगर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष गजेन्द्रकुमार गुप्तासहित पदाधिकारी सदस्यहरूले बिहीवार शपथ ग्रहण गरेका छन्।
संघको कार्यालयमा आयोजित समारोहमा नवनिर्वाचित पदाधिकारीहरू वरिष्ठ उपाध्यक्ष शिवजीप्रसाद साह सोनार, वाणिज्य उपाध्यक्ष रामबाबु कलवार, महासचिव प्रकाश गिरी, कोषाध्यक्ष रिना रौनियार पुरी तथा वाणिज्य सचिव रिता कँडेललगायतले शपथग्रहण गरेका हुन्।
वाणिज्यतर्फ निर्वाचित सदस्यहरू अमरेन्द्रकुमार साह कलवार, विभा गुप्ता, मुकुन्द रिजाल, बलराम पौडेल, विजयकुमार गुप्ता, नवरत्नप्रसाद कलवार र मनोहरबाबु गुप्ताले पनि शपथ ग्रहण गरी पदभार सम्हालेका छन। प्रमुख निर्वाचन अधिकृत शरदचन्द्र भट्टराईले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका थिए।
कार्यक्रम संघका निवर्तमान अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष अशोक टेमानीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव राजपाल, गणेश लाठ लगायतको सहभागिता थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि टेमानीले उद्योगी तथा व्यवसायीहरूको हकहित संरक्षण र प्रवद्र्धनका लागि संघले अझ प्रभावकारी भूमिका खेल्नुपर्ने बताए। उनले सेज देशकै ठूलो विशेष आर्थिक क्षेत्र रहेको उल्लेख गर्दै उद्योगी तथा व्यवसायीलाई त्यहाँ लगानी गर्न आग्रह गरे।
नवनिर्वाचित समितिले संघमा आबद्ध ९५७ जना सदस्यका लागि एक वर्ष अवधिको एक लाख रुपियाँँ बराबरको दुर्घटना बीमा सुविधा उपलब्ध गराउने घोषणा गरेको छ।
नवनिर्वाचित अध्यक्ष गुप्ताले निजी क्षेत्रलाई आतंकित बनाउने गतिविधिविरूद्ध सम्बन्धीत निकायसँग सहकार्य गर्दै व्यवसायीहरूको सुरक्षा र हितका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले पथलैया–वीरगंज औद्योगिक करिडोर मा रहेका उद्योग तथा व्यवसायीहरूको सम्मान, प्रतिष्ठा र व्यावसायिक वातावरण सुदृढ बनाउन संघले प्राथमिकताका साथ काम गर्ने बताए।
कार्यक्रममा उद्योगी, व्यवसायी, संघका पूर्व पदाधिकारी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागीता रहेको थियो।

भर्खरै

सम्बन्धित पोस्टहरुः