वीरगंज, असार १२ —
आज दिउँसो १ बजेका लागि तय गरिएको प्रतिनिधिसभाको बैठक फेरि स्थगित भएको छ। संसद सचिवालयले सूचना जारी गर्दै बैठक भोलि बिहान ११ बजे बस्ने जनाएको छ।
यसअघि बुधबारको बैठक पनि आजका लागि सारिएको थियो। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन लम्बिएपछि संसद बैठक प्रभावित भएको हो।
सभामुखसहित रास्वपाका अधिकांश सांसद महाधिवेशनमा सहभागी रहेकाले प्रतिनिधिसभाको बैठक लगातार प्रभावित हुँदै आएको छ।







