रास्वपा नेता जैसवालको सहयोगमा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न

1200x150_1200x150-01.jpg (1)

पर्सा, असार १२ —

पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर–८ रामनगरीमा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी बहुदरमाई–८ वडा समितिका सभापति ओमप्रकाश पाण्डेको आयोजनामा तथा रास्वपा पर्सा क्षेत्र नम्बर–३ का क्षेत्रीय सभापति प्रदीप जैसवालको आवश्यक सहयोगमा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको हो।

रामनगरी स्वास्थ्य चौकी नजिक रहेको बर्थिङ सेन्टरको भवनमा आयोजित शिविरमा २९७ जनाको आँखा परीक्षण गर्दा ५२ जनामा मोतिबिन्दु पुष्टि भएको छ। शिविरको उद्घाटन क्षेत्रीय सभापति जैसवालले गरेका थिए। उद्घाटन गर्दै उनले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यक्रम सञ्चालन गर्दै जाने बताए।

साथै, क्षेत्रीय सभापति जैसवालले बहुदरमाई युवा क्लबलाई झन्डै १३ हजार रुपैयाँ बराबरको क्रिकेट सामग्री प्रदान गरेका छन्। उनले स्थानीय खेलाडीहरूको मनोबल उच्च बनाउन र खेलकुद क्षेत्रमा अघि बढाउन सधैं सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरे।

सम्बन्धित पोस्टहरुः