लागुऔषध दुरुपयोगविरुद्ध बारामा जनचेतनामूलक कार्यक्रम

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार १२ —

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा बारामा प्रभातफेरीसहित जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।

जिल्ला प्रशासन कार्यालय बाराको आयोजनामा तथा जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हेक्वा बाराको समन्वयमा कलैया बजार क्षेत्रमा प्रभातफेरी निकालिएको थियो। त्यसपछि जिल्ला प्रशासन कार्यालयको सभाहलमा लागुऔषध दुरुपयोग नियन्त्रण, रोकथाम तथा जनचेतना अभिवृद्धिसम्बन्धी सप्ताहव्यापी कार्यक्रम समापन गरिएको हो।

निमित्त प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईको संयोजकत्वमा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवर, सशस्त्र प्रहरी उपरीक्षक विशाल सिल्वाल, राष्ट्रिय अनुसन्धान कार्यालय बाराका प्रमुख उपअनुसन्धान निर्देशक सरोज निरौला, प्रहरी नायव उपरीक्षक मीनबहादुर घले, शिक्षक, विद्यार्थी, सञ्चारकर्मी, सुधार केन्द्रका प्रतिनिधि तथा विभिन्न सरोकारवाला निकायका करिब १५० जनाको सहभागिता रहेको थियो।

सम्बन्धित पोस्टहरुः