वीरगंज, असार १२ —
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपालले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग भेटवार्ता गरेका छन्।
शुक्रबार विराटनगरस्थित कोइराला निवासमा भएको भेटमा देशको समसामयिक राजनीतिक अवस्था, सत्ता समीकरण तथा समसामयिक विषयमा छलफल भएको कोइरालाको सचिवालयले जनाएको छ।






