वीरगंज १२ असार ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेउवा महासंघ मधेश प्रदेश र वीरगंज उद्योग वाणिज्य संघले संयुक्त रूपमा वीरगंजमा रोजगार मेला २०८३ र आयोजना गर्ने भएको छ।
मधेश प्रदेशमा गरिएको श्रम बजार विश्लेषणको तथ्यांकको आधारमा आयोजना गर्न लागिएको मेलाको लक्ष्य बजारको वास्तविक सीप माग अर्थात रोजगारदाता र रोजगार खोज्ने युवाबीचको खाडल पुर्ने उद्देश्यको साथ आयोजना गर्न लागेको वक्ताहरुले बताएका छन् ।
देशको सबैभन्दा ठूलो समस्या भनेकै रोजगार नै रहेको छ, देशमा भने जस्तो जस्तो चाहे रोजगार उपलब्ध गराउन नसकिएको विषम समयमा युवाहरूलाइ मार्गदर्शन गर्दै रोजगार उपलब्ध गराउन मेलालाइ सफल बनाइदिन आग्रह गरेका थिए ।
वक्ताहरूले उद्योग, व्यापार, सेवा, यातायात र प्राविधिक क्षेत्रमा दक्ष जनशक्तिको माग धेरै छ, तर आवश्यक सीप र कार्य अनुशासन भएका जनशक्ति पाउन गाह्रो छ। युवाहरू, खासगरी महिला र विपन्न समूहलाई भरपर्दो श्रम बजार सूचना, करियर परामर्श र रोजगारीको अवसर पाउन कठिन रहेकोमा रोजगारदाता, तालिम प्रदायक संस्था र रोजगार सेवा केन्द्रबीच प्रभावकारी समन्वय छैन। धेरै कम्पनीहरू सार्वजनिक सूचना नगरी सिधै भर्ती गर्छन।
मेलामा रोजगारदाता, रोजगार खोज्ने व्यक्ति, तालिम प्रदायक संस्था र सरोकारवाला सबै एकै ठाउँमा हुनेछन् जस्मा रिक्त पदहरूको जानकारी र आवेदन, उम्मेदवार छनोट तथा मूल्यांकन,करियर परामर्श र रोजगार मिलान सेवा, आवश्यक अनुसार तालिमका लागि सिफारिस गरिने बताइएको छ ।
अन्तर्राष्ट्रिय श्रम संगठन नेपालको रोजगार सेवा केन्द्रको सहयोगमा, वीरगंज महानगरपालिका, लिडरसीप डेभलपमेन्ट इन्स्टिच्युटरएचआर सोसाइटी नेपाल, मधेश च्याप्टरको सहकार्यमा मेला हुनेछ ।
मधेशमा काम खोज्दै हुनुहुन्छ वा दक्ष जनशक्ति चाहिएको छ भने यो मेलाले सीधा जोड्ने काम गर्नेछ mर रोजगार मेलामा सहभागी रोजगारदाता संस्थाहरू, उपलब्ध रोजगारीका अवसरहरू तथा दर्ता प्रक्रिया सम्बन्धी विस्तृत जानकारी निकट भविष्यमा सार्वजनिक गरिने जानकारी दिइएको थियो ।
उद्योग वाणिज्य संघका सहसचिव एवं कार्यक्रमका संयोजक अनुप अग्रवालले संघले विभिन्न समय भिन्न स्वरोजगार लगायतको कार्यक्रमको आयोजना गरि रोजगार उपलब्ध गराउदै आएको बताउदै सोही उद्देश्यले नै अबको रोजगार मेलामा अन्तरास्ट्रिय श्रम संगठन नेपाल लगायत को सहयोगमा विस्तृत रूपमा रोजगार मेलाको आयोजन गर्ने जमर्को गरेका छौ भनी बताए ।
शुक्रवार पत्रकार सम्मेलनमा संघका वरिष्ठ उपाध्यक्ष माधव राजपालले धन्यवाद मन्तव्य दिदै रोजगार सम्बन्धमा बिगत केही वर्ष देखि निरन्तरत रूपमा कृयाशील रही अवसरहरू सिर्जना गरि रोजगार उपलब्ध गराउदै आएको बताए । असार २१ गते आयोजना हुने रोजगार मेला त्यसैको निरन्तरता भएको बताउदै सम्पूर्णलाई आवश्यक सहयोग गरि समाजबाट बेरोजगारी कम गर्न आग्रह गरेका थिए । कार्यक्रमको सहजीकरण मनोज उपाध्यायले गरेका थिए






