रास्वपाको नयाँ नेतृत्वमा दलित, जनजाति र मधेसीको प्रतिनिधित्व शून्य

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार १३ —

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट नयाँ नेतृत्व चयन भए पनि पदाधिकारी तहमा दलित, जनजाति र मधेसी समुदायको प्रतिनिधित्व हुन नसकेको छ।

महाधिवेशनबाट सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् भने उपसभापतिमा स्वर्णिम वाग्ले र सोविता गौतम विजयी भएका छन्। महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित हुँदा सहमहामन्त्रीमा हरि ढकाल, असिम शाह र महिला सहमहामन्त्रीमा निशा डाँगी विजयी भएका छन्।

सभापतिसहित सात सदस्यीय पदाधिकारी टोलीमा दलित, जनजाति र मधेसी समुदायबाट एक जना पनि निर्वाचित नभएपछि रास्वपाको समावेशी चरित्रमाथि प्रश्न उठ्न थालेको छ।

आफूलाई वैकल्पिक र समावेशी राजनीतिक शक्तिका रूपमा प्रस्तुत गर्दै आएको रास्वपाको पहिलो निर्वाचित नेतृत्वमा ती समुदायको प्रतिनिधित्व नदेखिएपछि यसको चर्चा र बहस सुरु भएको छ।

सम्बन्धित पोस्टहरुः