थारु पत्रकार संघ पर्साको अध्यक्षमा पुनम चौधरी

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार १३ —

थारु पत्रकार संघ पर्साको अध्यक्षमा पुनम चौधरी सर्वसम्मत चयन भएकी छन्। वीरगंजमा सम्पन्न संघको जिल्ला अधिवेशनले चौधरीको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा रामकिशोर चौधरी, महिला उपाध्यक्षमा एन्जल चौधरी, सचिवमा अर्जुन चौधरी, सहसचिवमा अजय पञ्जियार तथा कोषाध्यक्षमा सञ्जय दास थारु चयन भएका छन्।

शम्भु महतो थारुको सभापतित्वमा सम्पन्न अधिवेशनमा शान्तकुमार चौधरी प्रमुख अतिथि तथा सन्तोष दहित विशिष्ट अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा दुष्यन्त चौधरी, परमानन्द चौधरी, शेखर चौधरी, ओमप्रकाश चौधरीलगायतको उपस्थिति रहेको थियो।

सम्बन्धित पोस्टहरुः