समुदाय एकजुट हुनुपर्नेमा जोड

1200x150_1200x150-01.jpg (1)

वीरगंज, १३ असार।
नेपाल चौहान कल्याण समाज पर्साको प्रथम साधारणसभाको उदघाटन पोखरिया नगरपालिकाका नगरप्रमुख प्रद्युम्न चौहानले गरेका छन्।
जातीय उत्थान र सामाजिक विकासका लागि सबै चौहान समुदाय एकजुट हुनुपर्नेमा जोड दिंदै उनले सहजातीयबीच दुःख–सुखमा एकअर्कालाई सहयोग गर्ने संस्कृतिको विकास गर्नुपर्ने बताए।
नगरप्रमुख चौहानले समाजमा बढ्दै गएको दाइजो प्रथा र बालविवाहजस्ता सामाजिक विकृतिलाई न्यूनीकरण गर्न सबैले आफ्नो–आफ्नो ठाउँबाट सक्रिय भूमिका खेल्नुपर्ने सुझाव दिए। साथै, उनले आफ्ना बालबालिकालाई गुणस्तरीय शिक्षा दिलाउन अभिभावकलाई आग्रह गर्दै शिक्षामार्फत समुदायको समग्र विकास सम्भव हुने बताए। कार्यवाहक अध्यक्ष अवध बिहारी चौहानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष केदार महतो, रामप्रवेश चौहान, महेन्द्र महतो चाई, संजय चौहान, लक्ष्मण साह कानु, पूर्व शिक्षक गौरीशंकर चौहान, श्रीकृष्ण चौहान तथा निवर्तमान अध्यक्ष विनोद चौहानलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा कोषाध्यक्ष संजय चौहानले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन राम बलिप्रसाद चौहानले गरेका थिए।

भर्खरै

सम्बन्धित पोस्टहरुः