अभद्र व्यवहार मुद्दामा बाराका एक वडा अध्यक्ष पक्राउ

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार १४ —

बाराको प्रसौनी गाउँपालिका–६ का वडा अध्यक्ष बृजकिशोर कुशवाहा अभद्र व्यवहारसम्बन्धी मुद्दामा पक्राउ परेका छन्।

जिल्ला अदालतबाट जारी पक्राउ पुर्जीका आधारमा इलाका प्रहरी कार्यालय प्रसौनीको टोलीले ३७ वर्षीय कुशवाहालाई आइतबार कलैया उपमहानगरपालिका–२३ बरैटपुरस्थित निवासबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेका अनुसार कुशवाहालाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः