वीरगंज, असार १४ —
हर्मुज जलमार्गमा प्यानामाको झण्डावाहक एमटी किकु पानीजहाजमा ड्रोन आक्रमण भएपछि अमेरिकाले इरानका १० सैन्य क्षेत्रमा हवाई आक्रमण गरेको छ।
जवाफमा इरानको इस्लामिक रेभोलुसनरी गार्ड कोरले कुवेतस्थित अली अल–सलेम सैन्य बेस र बहराइनस्थित अमेरिकी पाँचौँ नौसेना फ्लीटलाई लक्षित गरी ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको जनाएको छ।
दुवै पक्षले एकअर्कामाथि जुन १७ मा भएको १४ बुँदे युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आक्रमण जारी राखे अमेरिकाले कडा जवाफ दिने चेतावनी दिएका छन्। तनाव बढे पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य भने हाल स्थिर रहेको छ।







