वीरगंज, असार १४ —
आफूलाई गृह मन्त्रालयको जिम्मेवार व्यक्ति भन्दै प्रहरी कार्यालयमा अनधिकृत पहुँच बनाउन खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ३० वर्षीय आदित्य सिंह रहेका छन्। उनले गृह मन्त्रालयको कर्मचारी भएको परिचय दिँदै प्रहरी कार्यालयमा अनधिकृत पहुँच राख्न खोजेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






