२३ लाखको अवैध सामान तथा सवारीसाधन बरामद

1200x150_1200x150-01.jpg (1)

वीरगंज, १४ असार।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेड क्वार्टर पर्साले अवैध सामान तथा ओसारपसारमा प्रयोग भएका सवारी साधन बरामद गरेको जनाएको छ।
आइतवार वीरगंज–१६ इनरूवा सीमा क्षेत्रमा सीमा सुरक्षा गुल्म हे.क्वा. वीरगंजबाट खटिएको सशस्त्र प्रहरी टोलीले भारतबाट अवैध रूपमा भन्सार छली गरी सिरसिया नदी किनारको झाडीमा लुकाईछिपाई राखिएको अवस्थामा रू. ७ लाख ७२,०००।– बराबरको विभिन्न प्रकारका कपडा बरामद गरी आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको छ।
सोही मितिमा इनरूवा र कोनिया नाकामा खटिएको टोलीले भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको तथा नेपालबाट भारततर्फ लैजाँदै गरेको रू. ४ लाख ५२,९०५।– बराबरको किराना सामान, कस्मेटिक सामग्री, मदिरा, तरकारी र स्याउसहित ओसारपसारमा प्रयोग भएका १ थान ई–रिक्सा र १ थान साइकल बरामद गरी वीरगंज भन्सार कार्यालयमा बुझाएको छ।
असार १३ गते वीरगंज–१६, १७ र २१ अन्तर्गत इनरूवा, कोनिया, परवानीपुर तथा अलौ क्षेत्रबाट सीमा सुरक्षा गुल्म वीरगंज र अलौबाट खटिएको टोलीले रू. १०,८४,४००।– बराबरको कपडा, मोबाइल टेम्पर्ड ग्लास, किराना सामान, फलफूल लगायतका सामग्री तथा ओसारपसारमा प्रयोग भएका १ थान टेम्पो, १ थान मोटरसाइकल र ३ थान साइकल बरामद गरेको थियो। उक्त सामान तथा सवारी साधन मिति २०८३।०३।१४ गते आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको छ।
यसरी विभिन्न स्थानबाट बरामद भएका अवैध सामान तथा ओसारपसारमा प्रयोग भएका सवारी साधनको कुल अनुमानित मूल्य रू. २३ लाख ०९,३०५।– रहेको सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी गराएका छन्।

भर्खरै

सम्बन्धित पोस्टहरुः