डोल्पामा २३० मेगावाटको जगदुल्ला जलविद्युत् आयोजना निर्माण हुँदै

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार १५ —

डोल्पामा निर्माणाधीन जगदुल्ला जलविद्युत् आयोजनाले विद्युत् उत्पादनसँगै कर्णाली प्रदेशको आर्थिक, सामाजिक तथा पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत निर्माण भइरहेको आयोजनाबाट १०६ मेगावाट र जगदुल्ला–ए आयोजनाबाट १२४.३५ मेगावाट गरी कुल २३०.३५ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ।

जगदुल्ला हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाका अनुसार आयोजनाले भेरी नदीमा पक्की पुल, पहुँच सडक तथा बेली ब्रिज निर्माण गरी स्थानीयको यातायात पहुँच सहज बनाएको छ। आयोजनाका कारण डोल्पाको पर्यटन र स्थानीय आर्थिक गतिविधिसमेत विस्तार हुने अपेक्षा गरिएको छ।

आयोजना सम्पन्न भएपछि संघीय सरकारले वार्षिक करिब १९ करोड ५० लाख रुपैयाँ तथा प्रदेश र स्थानीय तहले जनही ९ करोड ५० लाख रुपैयाँ रोयल्टी प्राप्त गर्ने अनुमान गरिएको छ।

सरकारी निकाय, कर्णाली प्रदेश सरकार र स्थानीय तहको ५१ प्रतिशत तथा सर्वसाधारणको ४९ प्रतिशत शेयर लगानी रहेको यो आयोजना स्वदेशी बैंक तथा वित्तीय संस्थाको करिब १६ अर्ब ६६ करोड रुपैयाँ ऋण लगानीमा निर्माण भइरहेको छ। आयोजना निर्माणको मुख्य काम औपचारिक रूपमा अघि बढिसकेको कम्पनीले जनाएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः