वीरगंज, असार १७—
मधेस प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले संघीयता, समानुपातिक समावेशिता र संवैधानिक व्यवस्थामाथि कुनै प्रकारको छेडखानी गरिए मधेसी जनताले कडा प्रतिकार गर्ने चेतावनी दिएका छन्।
सोमबार जारी विज्ञप्तिमार्फत उनले रास्वपाको प्रथम महाधिवेशनमा प्रदेशसभा खारेज गर्ने प्रस्तावप्रति आपत्ति जनाउँदै संघीय लोकतान्त्रिक गणतन्त्र, पूर्ण प्रेस स्वतन्त्रता र स्वतन्त्र न्यायपालिकाजस्ता संवैधानिक उपलब्धिमा सम्झौता गर्न नसकिने बताएका छन्।
संविधान २०७२ मा रहेका केही त्रुटि संशोधन र परिमार्जन गर्न सकिने भए पनि संघीय व्यवस्थामाथि कुनै हस्तक्षेप स्वीकार्य नहुने उनको भनाइ छ। साथै उनले प्रदेश प्रहरी ऐन कार्यान्वयन गरी प्रदेश सरकारलाई थप अधिकार र सशक्त बनाउन संघीय सरकारसँग आग्रह गरेका छन्।







