आयरल्यान्डद्वारा भारतमाथि ऐतिहासिक सिरिज जित

1200x150_1200x150-01.jpg (1)


वीरगंज, असार १५ —

आयरल्यान्डले दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा भारतलाई १ रनले पराजित गर्दै दुई खेलको सिरिज २–० ले आफ्नो पक्षमा पार्दै क्लिनस्वीप गरेको छ।

घरेलु मैदानमा आइतबार राति भएको खेलमा आयरल्यान्डले दिएको १५५ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५३ रन मात्रै बनाउन सक्यो। भारतका लागि तिलक वर्माले सर्वाधिक ५५ रनको योगदान दिए।

अन्तिम ओभरमा भारतलाई जितका लागि २० रन आवश्यक थियो। पहिलो दुई बलमा ९ रन जोडिए पनि त्यसपछि रनगति रोकिँदा हर्षित रानाको विकेट गुमेपछि भारत १ रनले पराजित भयो।

यससँगै भारतको लगातार १६ टी–२० अन्तर्राष्ट्रिय सिरिज जित्ने यात्रामा पूर्णविराम लागेको छ भने आयरल्यान्डले विश्वविजेता भारतविरुद्ध ऐतिहासिक सिरिज जित दर्ता गरेको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः