वीरगंज, १५ असार ।
पर्सा जिल्लाको धोबिनी गाउँपालिकाको सोमवार आयोजित १३औं गाउँँसभा तथा अधिवेशनमा आव २०८३–०८४ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।
सोमवार आयोजित गाउँँसभामा गाउँँपालिकाकी उपाध्यक्ष मन्जु देबि नीति तथा कार्यक्रम पेश गर्दै स्वास्थ्य, शिक्षा, कृषि, सिंचाइ, रोजगार तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम निर्माण गरिएको जानकारी दिइन् ।
गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३१ करोड ७ लाख ९७ हजार रुपियाँँ बराबरको बजेट सीमा निर्धारण पनि गरेको छ। प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताका अनुसार बजेटका स्रोतहरूमा संघीय समानीकरण अनुदानतर्पm ९ करोड ४० लाख, प्रदेश समानीकरण अनुदानतर्पm ६६ लाख, संघीय राजस्व बाँडफाँडतर्पm ८ करोड ८९ लाख ४४ हजार, प्रदेश राजस्व बाँडफाँडतर्पm ७५ लाख, संघीय विशेष अनुदानतर्पm १ करोड, संघीय समपूरक अनुदानतर्पm १ करोड २९ लाख, संघीय सशर्त अनुदानतर्पm १६ करोड ४० लाख, आन्तरिक स्रोततर्पm १ करोड ५० लाख तथा प्रदेशको अन्य अनुदानतर्पm १ करोड ३० लाख रुपियाँँ प्राप्त हुने अनुमान गरिएको छ ।
गाउँँपालिकाले “स्थानीय स्रोत, स्थानीय रोजगारी — एक गाउँँ, एक उद्यम, एक पहिचान, हाम्रो अभियान” भन्ने मूल नारालाई केन्द्रमा राखेर आगामी वर्षका सम्पूर्ण आर्थिक तथा विकास गतिविधि सञ्चालन गर्ने नीति लिएको छ । पर्साको ऐतिहासिक तथा धार्मिक महŒव बोकेको श्री श्री १०८ श्री दुर्गा मन्दिर को नगरीका रूपमा परिचित गाउँँपालिकाका नागरिकको आवश्यकता सम्बोधन गर्दै छिटो प्रतिफल दिने र न्यून स्रोतबाट अधिकतम क्षेत्र समेट्ने योजनालाई प्राथमिकता दिइएको उपाध्य देबिले बताइन् ।
उनले कार्यान्वयन गर्न नसकिने महŒवाकांक्षी योजना प्रस्तुत गरेर नागरिकमा भ्रम सिर्जना गर्नु भन्दा कार्यान्वयनयोग्य, संक्षिप्त तथा परिणाममुखी कार्यक्रमलाई प्राथमिकता दिइएको स्पष्ट पारिन् ।
अधिवेशनलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहान चालु आर्थिक वर्ष २०८२/०८३ मा हासिल भएका उपलब्धिवारे जानकारी गराए ।
उनले ग्रामीण क्षेत्रमा पहिलो पटक १५ शैयाको आधारभूत अस्पताल निर्माण सम्पन्न भई सञ्चालनमा आएको उल्लेख गर्दै उक्त अस्पताल मधेश प्रदेशकै गाउँँपालिकाद्वारा निर्माण गरिएको पहिलो अस्पताल रहेको बताए ।







