चिकित्सकको लापरवाहीले तराई अस्पतालमा सुत्केरीको मृत्यु भएको आरोप

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार १ ७ —

वीरगंजस्थित तराई अस्पतालमा उपचारका क्रममा बिसरामपुर गाउँपालिकाकी इन्दु कुमारी साहको मृत्यु भएपछि परिवारले अस्पताल प्रशासन र उपचारमा संलग्न चिकित्सकमाथि लापरवाहीको आरोप लगाएको छ।

मृतकका पति चन्दन साहका अनुसार इन्दुको सामान्य प्रसूति सफलतापूर्वक भए पनि त्यसपछि अचानक अत्यधिक रक्तस्राव भई स्वास्थ्य अवस्था गम्भीर बनेको थियो। भेन्टिलेटरमा राखेर उपचार गरिए पनि उनको ज्यान बचाउन नसकिएको उनले बताए।

परिवारले उपचारमा संलग्न स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. तर्नुम खातुन निजी क्लिनिकमा व्यस्त रहने र अस्पतालमा बिरामीको जिम्मा नर्स तथा अन्य स्वास्थ्यकर्मीको भरमा छाड्ने गरेको आरोप लगाएको छ। अस्पतालका सञ्चालक डा. रोशन कुर्मीमाथि पनि व्यवस्थापकीय लापरवाही भएको दाबी गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न माग गरिएको छ।

यता , अस्पतालका चिकित्सक डा. तरनुम खातुनले अस्पताल र चिकित्सकबाट कुनै लापरवाही नभएको दावी गरिन् । उनले रगतमा हेमोब्लोबिनको र प्लेट्लेट्सको मात्रा कमि भएको र डिलिभरीको समयमा इन्टनल इन्जुरीको कारण अत्याधिक रक्तश्राव भएकाले घण्टाघर टिभीलाई बताएकी छन ।

सम्बन्धित पोस्टहरुः