सांसदका प्रश्नको जवाफ दिन सरकारलाई राष्ट्रियसभा अध्यक्षको रुलिङ

1200x150_1200x150-01.jpg (1)

वीरगंज , असार १७ —

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सदनमा सांसदहरूले उठाएका प्रश्न र जनसरोकारका विषयमा सम्बन्धित मन्त्रीलाई उपस्थित भई जवाफ दिन सरकारका नाममा रुलिङ गरेका छन्।

सोमबार बसेको राष्ट्रियसभाको बैठकमा अध्यक्ष दाहालले आकस्मिक, शून्य, विशेष तथा प्रादेशिक सरोकार समयमा उठाइएका विषयमा सम्बन्धित मन्त्रीले सदनमा उपस्थित भएर स्पष्ट जवाफ दिन निर्देशन दिएका हुन्।

सदस्यहरूले पटक–पटक जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराए पनि सम्बन्धित मन्त्रीबाट समयमै जवाफ नआएको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए। सोही विषयलाई ध्यानमा राख्दै अध्यक्ष दाहालले सरकारलाई संसदप्रति जवाफदेही बन्न र सांसदहरूले उठाएका विषयमा यथाशीघ्र जवाफ दिन रुलिङ गरेका हुन्।

सम्बन्धित पोस्टहरुः