बेइजिङ प्रशिक्षणका लागि प्रस्थान गर्न लागेका कुस्ती खेलाडी यादवको बिदाइ

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार १८ —

चीनको बेइजिङमा हुने ११ दिने प्रशिक्षणमा सहभागी हुन लागेका नेपाली कुस्ती खेलाडी निशान्त कुमार यादवलाई वीरगंज महानगरपालिका–१३ स्थित श्री राधेमाई आखाडामा सम्मानसहित बिदाइ गरिएको छ।

आखाडाका गुरु मदन प्रसाद यादव र दिलीप पाण्डेयले फूलमाला र टीका लगाएर यादवलाई सफल प्रशिक्षणको शुभकामना दिँदै बिदाइ गरेका हुन्।

गुरु मदन प्रसाद यादवका अनुसार नेपाल सरकारको तर्फबाट आयोजना गरिएको ११ दिने प्रशिक्षणका लागि निशान्त यादव बेइजिङ प्रस्थान गर्न लागेका हुन्। प्रशिक्षणबाट प्राप्त अनुभवले नेपाली कुस्ती खेलको विकाससँगै खेलाडीको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

सम्बन्धित पोस्टहरुः